गृहपृष्ठ Featured कपिलवस्तुमा ७ लाख ४० हजार बढीको अवैध सामान सशस्त्र प्रहरीद्धारा बरामद

कपिलवस्तुमा ७ लाख ४० हजार बढीको अवैध सामान सशस्त्र प्रहरीद्धारा बरामद

डिलाराम भुसाल, कपिलवस्तु ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली अवैध रूपमा भित्र्याइएका लत्ताकपडा, फलफूल, हरियो तरकारी तथा किराना सामानसहित ढुवानीमा प्रयोग भएका दुई थान मोटरसाइकल बरामद गरेको छ। बरामद सामग्रीको कुल मूल्य ७ लाख ३९ हजार ६ सय ६० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाउँदै आएको बतायको छ। अधिकारीका अनुसार अवैध गतिविधि नियन्त्रणसँगै राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी प्रतिबद्ध रहेको बताएका छन् ।

“सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो। कानुनविपरीत हुने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न नियमित गस्ती, निगरानी र चेकजाँचलाई प्रभावकारी बनाएका छौँ,” सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भने , “राजस्व चुहावट रोक्दै सीमाको सुरक्षा र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका बताउदै
बरामद गरिएका लत्ताकपडा, फलफूल, हरियो तरकारी तथा किराना सामान र ढुवानीमा प्रयोग भएका दुई थान मोटरसाइकल आवश्यक कारबाहीका लागि कृष्णनगर र सुठौलि भन्सार कार्यालय, कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले आगामी दिनमा समेत सीमावर्ती क्षेत्रमा अवैध ओसारपसारविरुद्धको कारबाहीलाई निरन्तरता दिइने बताएका छन् ।

सम्बन्धित् समाचार