गृहपृष्ठ Featured सप्तरीमा ३ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

सप्तरीमा ३ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

काठमाण्डाै – सप्तरीमा ३ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका वडा नम्बर ३ ट्राफिक चाेकका मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

परिवारका सदस्यका अनुसार बिहान झन्डै ९ बजेसम्म बालिका घरमै थिइन् । त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झन्डै ६० मिटर पछाडि झाडीमा शव फेला परेको हो ।

घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित् समाचार