नेपाल आदिवासी जनजाति महासंघ कपिलवस्तुको नेत्वमा श्रीराम थारु चयन भएका छन् ।
शनिबार बुड्ढीमा भएको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा थारू निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै जिल्ला समन्वय समिति परिषद् महासंघको कर्णबहादुर लामा, लक्ष्मी आले, लक्ष्मी गुरुङ, तिलक श्रेष्ठ उपाध्यक्षमा चयन भएको महासंघले जनाएको छ ।
त्यसैगरी पीताम्बर सिन्जाली सचिवमा चयन भएका छन् ।
यस्तै सह(सचिवमा नमराज गुरुङ हरिश्चन्द्र कोहार, इन्दु थारु, राधा कोहार, पुजा श्रेष्ठसहित ११ सदस्यीय कार्यसमितिमा चयन भएका छन् ।







