गृहपृष्ठ Featured युनाइटेड अस्पतालद्वारा बाढीपीडित राहत कोषमा एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग

युनाइटेड अस्पतालद्वारा बाढीपीडित राहत कोषमा एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग

कपिलवस्तु २५ भदौं

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लि. र युनाईटेड सामुदायिक अस्पताल मार्फत एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरिएको अस्पतालका सचिव खिम बहादुर जिसीले जानकारी दिनु भयो ।

बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा उक्त रकमको चेक उपलब्ध गराएको जनाएको हो।

विपद्को समयमा सहकारी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले बाढीपहिरो प्रभावित नागरिकको राहत व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यको भनाई रहेको छ।

विपद् प्रभावितको तत्कालीन आवश्यकता सम्बोधनसँगै पुनःस्थापनाका लागि राज्यको प्रयासमा सहकारी, निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिपछि देशभरबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेको अवस्थामा युनाइटेड अस्पतालको यो सहयोग पनि मानवीय ऐक्यबद्धताको उदाहरण बनेको नागरिक अगुवा दोलख बहादुर पछाईको भनाइ रहेको छ।

सम्बन्धित् समाचार