काठमाडौँ। पछिल्लो दुई दिनको अवधिमा नेपालका विभिन्न नाका हुँदै भारतबाट झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रिएको छ ।
नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी दुई दिनमा कुल ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको ग्यास आयात भएको हो।
निगमको विवरणअनुसार यी दुई दिनमा कुल ४ हजार ९००.२ मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। जसमा भदौ २५ गते ३ हजार ७७.९ मेट्रिक टन (२ लाख १६ हजार ७५३ सिलिन्डर) र २६ गते १ हजार ८२२.३ मेट्रिक टन (१ लाख २८ हजार ३३२ सिलिन्डर) ग्यास आयात भएको छ।
सिलिन्डर ग्यास नेपाल भित्रिए पनि उपभाेक्ताहरूले भने सहजै पाउन सकेका छैनन्। सिलिन्डर ग्यास भन्दा पनि कुपन नै पाउन सास्ती भइरहेकाे उनीहरूकाे गुनासाे छ।









