गृहपृष्ठ Featured साउन महिनामा भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

साउन महिनामा भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपाल भित्रिने रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार, साउन महिनामा रेमिट्यान्ट आप्रवाह २१.२ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो। अघिल्लो वर्षको साउन महिनाको तुलनामा वृद्धिदर सुस्त भएको छ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ।
नयाँ श्रम स्वीकृति लिनेको संख्या बढ्यो

साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२ हजार ६९३ पुगेको छ। पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने २७ हजार ७४८ रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको थियो।

यसअनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ।

सम्बन्धित् समाचार