काठमाण्डाै – इङ्ग्लिश प्रिमियर लिग (ईपीएल) मा गएराति भएका खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले जीत हासिल गर्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
भाइटालिटी स्टेडियममा भएका खेलमा लिभरपुलले बर्नमाउथलाई १–० ले हरायो । लिभरपुलका लागि अलेक्जेन्डर इसाकले ५७औँ मिनेटमा गोल गरे ।
यस्तै इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले हराएकाे छ । सिटीका लागि एन्टोइन सेमेन्योले २ तथा एन्जो फर्नान्डेज, रयान चेर्की र एर्लिङ हालान्डले १/१ गोल गरे । सन्डरल्यान्डका ब्रायन ब्रोबीले ह्याट्रिक गरे ।
यस्तै म्यानचेस्टर युनाइटेड फुलहमसँग १–१ को बराबरीमा रोकिएको छ । फुलहमले युनाइटेडका लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलबाट अग्रता लिएको थियो । तर खेलको निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा माटेउस कुन्हाले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
यस्तै लिड्स युनाइटेड र क्रिस्टल प्यालेसबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।






