गृहपृष्ठ Featured हिम पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु

हिम पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु

हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ।

भारतीय मूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको हिउँ पहिरोमा पुरिएर मृत्यु भएको हो।

सुतिरहेको टेण्टमा माथिबाट आएको हिउँ पहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए।

तेस्रो शिविरमा टेण्टभित्रै करिब सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुको शव सोमबार हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भएको छ।

यससँगै मनास्लुमा यस याममा मृत्यु हुनेको संख्या चार पुगेको छ।

यसअघि सिङ्गापुरका आरोही ५० वर्षीय लाउ वी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो।

Ncell

साथै नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो ।

मनास्लु आरोहणका लागि यस याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन् । आरोहणको रोप फिक्सिङ सम्पन्न भइसकेको छ।

आरोहीहरु आरोहणको अन्तिम तयारी गरिरहेका छन्।

सम्बन्धित् समाचार