गृहपृष्ठ Featured बाणगंगामा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

बाणगंगामा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

फाइल तस्वीर

वैखरी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–९ पडेरियास्थित अमृते सामुदायिक वनबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।

भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार असोज १४ गते राति करिब ९ बजे सामुदायिक वनभित्रको झाडीमा बेवारिसे अवस्थामा रहेको ब्यागबाट चलेको लोड गरी राखिएको एक नाल भरुवा बन्दुक फेला परेको थियो।

प्रहरी टोलीले बन्दुकलाई रीतपूर्वक बरामद गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा बन्दुक त्यहाँ कसरी पुग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार