काठमाण्डाै – मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये आज आठ जनाको शव भेटिएको छ ।
बिहान चार जनाको शव भेटिएकोमा दिउँसो फेरि चार जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
यसअघि हिजोसम्म सात जनाको शव भेटिएको थियो । अब हिम्लुङ हिमपहिरोमा परेर ज्यान गुमाउनेकाे सङ्ख्या १५ जना पुगेको छ । एक जना अझै हराइरहेका छन् ।
मनाङको नार्पाभूमि गाउँपालिका–५ मा रहेको हिम्लुङ हिमालको आधार शिविरमा असोज ११ गते अर्थात् गएको आइतवार बिहान हिमपहिरो आएको हो । खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली खटिएको छ







