गृहपृष्ठ Featured भोटेकोशी बाढीमा बेपत्ता भएका दुई हजार २९४ जनाको यकिन सूची सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता भएका दुई हजार २९४ जनाको यकिन सूची सार्वजनिक

काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै, धनकुटा, डडेलधुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलालीसहित ३२ जिल्लाका बेपत्ताहरूको सूची सार्वजनिक गरिएको हो ।

यसका साथै, सात देशका १७१ जना बेपत्ता नागरिकको विवरण पनि सार्वजनिक गरिएको छ । बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए, निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न प्राधिकरणले आग्रह गरेको छ ।

स्वदेशी व्यक्तिको हकमा पालिकाको सिफारिस र जिल्ला समितिको निर्णय तथा विदेशी व्यक्तिको हकमा कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणका आधारमा यो सूची प्रकाशन गरिएको हो । ३२ जिल्लाबाहेकका विवरण प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ ।

गएको भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी एक हजार ४५७ जनाको ज्यान गएको पुष्टि भएको छ भने बाढीमा पाँच हजार २८५ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क रहेको छ । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ ।

893939331_1163999196142925_1183134042440278533_n-1794042509.jpeg

सम्बन्धित् समाचार