गृहपृष्ठ Featured नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

सल्यानमा नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

जिल्लाको कालीमाटी गाउँपालिका–७ घुँईयाबारीका आठ वर्षीय योगेश बुढा र आठ वर्षकै अंकित बुढा शुक्रबार बेलुकी बबई नदी छेउको सानो नालामा जमेको पानीमा डुबेको अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार अचेत अवस्थामा रहेका दुवै बालकलाई बेलुकी ७ बजेतिर उद्धार गरी स्थानीय मेडिकलमा पुर्‍याइएको थियो। स्वास्थ्यकर्मीले जाँचपछि बेलुकी पौने ८ बजे दुवैलाई मृत घोषणा गरेका थिए।

दुवै बालक बेलुका खेल्दै त्यहाँ पुगेको र सोही क्रममा पानी भरिएको नालामा पसेको हुन सक्ने अनुमान गरिएको छ। बेलुकी अबेरसम्म खेल्न गएका बालक घर नफर्किएपछि परिवारले उनीहरूको खोजी सुरु गरेको थियो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार योगेश स्थानीय वीरेन्द्रकुमार बिसीका छोरा हुन् भने अंकित शशी बुढाका छोरा हुन्।

तिहारको पूर्वसन्ध्यामा दुई बालकको डुबेर मृत्यु भएपछि परिवार तथा आफन्त शोकमा परेका छन्।

Laxmi bank

प्रहरी चौकी घुँईयाबारीका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापाका अनुसार दुवै बालकको शव स्थानीय मेडिकलमा राखिएको छ।

इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक सोम घर्तीमगरको कमान्डमा पाँच जनाको टोली घुँईयाबारी पुगेको छ। टोलीले शनिबार बिहान घटनास्थलको मुचुल्का तयार पारेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार