गृहपृष्ठ Featured पर्सामा पटाका पड्काउँदा पाँचवर्षीय बालकको मृत्यु

पर्सामा पटाका पड्काउँदा पाँचवर्षीय बालकको मृत्यु

जनकपुरधाम । पर्सामा पटाका पड्काउने क्रममा जलेर पाँचवर्षीय बालकको मृत्यु भएको छ ।

पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो ।

सोमबार बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेको थियो । उनी गम्भीर रूपमा जलेर बेहोस भएका थिए ।

तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा मखु सहनीले बताए ।

डिएसपी चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार