गृहपृष्ठ Featured २२ करोड बराबरकाे सेताे हेराेइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

२२ करोड बराबरकाे सेताे हेराेइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाण्डाै – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै २२ करोड रुपैयाँ बराबरको लागूऔषध सेतो हेरोइनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेका छन् ।

थाइल्यान्डबाट काठमाण्डौ आएका रेवाज गएराति पक्राउ परेका हुन् । उनको साथबाट साढे पाँच किलो सेतो हेरोइन बरामद गरेको लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

रेवाजले साथमा ल्याएको झोलाभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाई राखेको अवस्थामा सेतो हेरोइन बरामद भएको हो ।

रेवाज यसअघि लाओसबाट दुई पटक नेपाल आएको पाइएको छ । उनी लागूऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेका प्रहरीले बताएको छ । प्रहरीले रेवाजको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद गरेको छ ।

सम्बन्धित् समाचार