काठमाण्डाै – नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशमा रहेको अयोध्या सीधा रेल सेवामार्फत जोडिने भएका छन् । भारतीय रेल्वे मन्त्रालयले नयाँ रेल सेवा सञ्चालन गर्ने घोषणा गर्दै तालिका सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार जनकपुरधामबाट हरेक शनिवार र अयोध्या क्यान्टबाट हरेक सोमवार रेल छुट्ने गरी सेवा सञ्चालन हुनेछ ।
झन्डै ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्याको क्यान्टोनमेन्ट स्टेशनसँग जोड्नेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न शहर हुँदै यात्रा गर्नेछ ।
नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यो सेवा शुरू गर्न लागेको भारतीय रेल्वे मन्त्रालयको भनाइ छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला रेल सेवा स्वीकृत भएको हो । प्रारम्भिक चरणमा भारतीय पक्षले नै यो रेल सेवा सञ्चालन गर्ने सहमति भएको छ ।
यस ऐतिहासिक रेल्वे सम्पर्कले दुई देशबीचको धार्मिक पर्यटन, सीमापार व्यापार र जनस्तरको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ ।







