कपिलवस्तु ।
नेपाल तरुण दल (देउवा पक्ष) कपिलवस्तुको जिल्ला अध्यक्षमा मदन भट्टराई मनोनीत हुनुभएको छ ।
नेपाल तरुण दलको केन्द्रीय कार्यालयले भट्टराईलाई जिल्ला अध्यक्ष पदमा मनोनीत गरेको हो । केन्द्रीय अध्यक्ष दिल लामाद्वारा हस्ताक्षरित मनोनयन पत्रमार्फत भट्टराईलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।
संगठनको विधानबमोजिम संस्थागत सुदृढीकरण, सांगठनिक एकता र भावी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित भट्टराईलाई उक्त जिम्मेवारी दिइएको मनोनयन पत्रमा उल्लेख छ ।
मनोनयनसँगै भट्टराईले आगामी ६ महिनाभित्र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै संगठनलाई थप सुदृढ, एकताबद्ध, गतिशील र व्यवस्थित बनाउने अपेक्षा केन्द्रीय नेतृत्वले गरेको छ ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताको आदर्शलाई आत्मसात् गर्दै संगठनलाई प्रभावकारी बनाउने विश्वाससहित भट्टराईलाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरिएको छ







