वैखरी अनलाइन, कपिलवस्तु ।
१७ औँ कपिलवस्तु महोत्सवलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट महोत्सव बनाईने आयोजकले उद्घोष गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंले यहीँ मंसिर १७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई प्रदेशकै उत्कृष्ट महोत्सव बनाईने उद्घोष गरेकोे हो ।
महोत्सव नजिकिदैं गर्दा तयारी तीब्र रुपमा अघि बढेको र प्रदेशकै उत्कृष्ट महोत्सव बनाउन आफुहरु लागी परेको संघका बरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेलले बताए ।
महोत्सव सुरु हुनुभन्दा २ दिन अघि नै सबै काम सम्पन्न गर्ने गरि काम भईरहेको उनले बताए । महोत्सव स्थल बाणगंगाको बुद्ध रगंशालालाई व्यवस्थित बनाईने कामहरु धमाधम भईरहेका छन् ।
महोत्सवलाई थप नयाँपन दिलाउँदै आकर्षणको केन्द्र बनाउँन सबै आआफ्नो ठाउँबाट लागी परेको महोत्सवका निर्देशक समेत रहेका हुमनाथ पौडेलले बताए ।
कपिलवस्तुको पहिचान र विकासमा १७ औं कपिलवस्तु महोत्सव महत्वपूर्ण सावित हुने उनले दाबी गरे । ‘जिल्लाको पहिचान र विकासमा १७ औं कपिलवस्तु महोत्सव महत्वपूर्ण सावित हुन्छ, उनले भने, ‘हामीले यसलाई नयाँ उत्साह र जोसका साथ सम्पन्न गछौं ।’
१७ औँ कपिलवस्तु महोत्सवलाई ऐतिहासिक र देशका अरु महोत्सव भन्दा भिन्न बनाउने गरि तयारी अघि बढिरहेको उनले बताए ।
महोत्सवमा विभिन्न जातजातीको परम्परागत भेषभूषा, संस्कृति झल्किने क्रियाकलाप, १५ औँ दशौँ कपिलवस्तु डान्स आइडल , दोस्रो मम्मी आइडल रहने तथा नेपालकै सबैभन्दा ठुलो स्टेज समेत बनाईने उनले दाबी गरे ।
सघंले महोत्सवलाई सफल पार्न यस क्षेत्रका विभिन्न महत्वपुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गर्दै आएको छ








