बुटवल । पाल्पामा हेल्मेटभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का २१ वर्षीय मुस्कान छम्त्याल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनलाई तिनाउ गाउँपालिका–३ पैठेडाँडास्थित सिद्धार्थ राजमार्गबाट पक्राउ गरिएको हो ।
प्रहरीले हेल्मेटबाट डाइजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल र बुफिन १० एम्पुल गरी जम्मा ३० एम्पुल बरामद गरेको जनाएको छ ।
पक्राउ परेका छम्त्यालमाथि पाल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







