गृहपृष्ठ Featured चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको ज्यान गयाे

चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको ज्यान गयाे

काठमाण्डाै – बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको ज्यान गएको छ । राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार हिजो बेलुकी आँगनमा खेलिरहेका बेला चितुवाले बालिकामाथि आक्रमण गरेर उनलाई लगेको थियो ।

बेपत्ता भएकी किशोरीलाई अभिभावकले खोजी गर्ने क्रममा घरदेखि झन्डै ३०० मिटर पश्चिम–दक्षिणतर्फ सिमलको झ्याङमा शव फेला परेको हो ।

बर्दियाको राजापुर क्षेत्रमा चालू आर्थिक वर्षमा चितुवाकाे आक्रमणबाट ज्यान गएकाे यो दोस्रो घटना हो । यसअघि गएको असोज २२ गते चितुवाको आक्रमणबाट राजापुर नगरपालिका–३ तिघ्राका ४२ वर्षीय मङ्गल थारुको ज्यान गएको थियो ।

सम्बन्धित् समाचार