वैखरी अनलाइन, कपिलवस्तु ।
नेपाल विद्यार्थी संघ कपिलवस्तुको कार्यवाहक अध्यक्षको जिम्मेवारी निलकमल थारुले पाएका छन् । संघका जिल्ला अध्यक्ष चन्द्रकान्त पोखरेलले थारुलाई जिल्ला कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् ।
व्यक्तिगत तथा सांगठनिक व्यस्तता र नेपाल विद्यार्थी संघको विधानअनुसार ३२ वर्षे उमेर हदसमेत आकर्षित भएकाले संगठनको नेतृत्वलाई निरन्तरता दिन थारुलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष पोखरेलले जानकारी दिएका छन् ।

नेपाल विद्यार्थी संघको विधान र मर्यादाभित्र रहेर संगठनलाई थप गतिशील बनाउने, नियमित सञ्चालन गर्ने, संस्थागत निरन्तरता कायम राख्ने, संगठन विस्तार गर्ने तथा जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी थारुलाई दिइएको पत्रमा उल्लेख छ ।
त्यस्तै, नेपाली कांग्रेस पार्टीको सांगठनिक गतिविधिमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष पौडेलले थारुको मनोनयनले संगठनलाई थप उचाइमा पु¥याउने विश्वाससहित कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
नेपाल विद्यार्थी संघ कपिलवस्तुको जिल्ला नेतृत्वमा नयाँ जिम्मेवारी पाएसँगै थारुको नेतृत्वमा संगठनका गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ । उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीको पत्र पोखरेल र नेपाली कांग्रेसका जिल्ला सचिव खोम बहादुर सिंह (शक्ती)ले सयुक्त रुपमा प्रदान गरेका हुन ।








