गृहपृष्ठ Featured रुपन्देहीमा श्रीमानको हत्या आराेपमा महिला पक्राउ

रुपन्देहीमा श्रीमानको हत्या आराेपमा महिला पक्राउ

रुपन्देही । रुपन्देहीमा श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

गैडहवा गाउँपालिका वडा नं ८ शिवमन्दिरटोलकी ५० वर्षीया लक्ष्मी कुमालले ५२ वर्षीय श्रीमान् कमल कुमाललाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

दाउरा प्रहारबाट गम्भीर घाइते भएका कमलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएपछि उपचारका क्रममा मृत्यु भएको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार मानसिक बिरामीजस्तै रहेकी ती महिलाले यस्तो गरेकी हुन् । घटनापछि लक्ष्मीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार