गृहपृष्ठ Featured इजिप्टमा इन्धन बोकेको ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको ज्यान गयो

इजिप्टमा इन्धन बोकेको ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको ज्यान गयो

इजिप्टमा एक मुख्य चक्रपथ (रिङ रोड) मा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको ज्यान गएको छ ।

गिजाको अल–वार्राक जिल्लामा रहेको सुरुङमार्गमाथि भएको घटनामा अरू २१ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै ट्याङ्कर पल्टिएर त्यसमा रहेको पेट्रोलियम पदार्थ सडकमा पोखिँदा नजिकै रहेका कार र मोटरसाइकलसहित २७ वटा गाडी जलेर नष्ट भएका प्रारम्भिक अनुमान छ ।

यसैबीच अभियोजन कार्यालयले पहिचान खुल्न नसकेका मृतकहरूको सनाखत गर्न शवबाट डीएनए नमूना सङ्कलन गर्न आदेश दिएको खबरमा उल्लेख छ ।

इजिप्टमा तीव्र गति, ट्राफिक नियमहरूको फितलो कार्यान्वयन र सडकको खराब अवस्थाजस्ता कारणहरूले गाडी दुर्घटना हुने गरेका छन् ।

सरकारी तथ्याङ्क निकायका अनुसार गाडी दुर्घटनामा परेर ज्यान गुमाउने मानिसहरूको सङ्ख्या अघिल्लो वर्षको ५ हजार २६० बाट १०.८ प्रतिशतले बढेर सन् २०२५ मा ५ हजार ८२९ पुगेको छ ।

सम्बन्धित् समाचार