काठमाडौं । अमेरिकाले भारतमाथि लगाउने घोषणा गरेको करका कारण भारतको करिब ४८ अर्ब अमेरिकी डलर बराबरको निर्यात प्रभावित हुन सक्ने भन्दै उद्योग संगठन चेम्बर अफ ट्रेड एन्ड इन्डस्ट्री (सीटीआई)ले चिन्ता व्यक्त गरेको छ ।
उनका अनुसार अमेरिकाले भारतसँग व्यापार सम्झौता भए १७ प्रतिशत र सम्झौता नभए भारतीय उत्पादनमा २५ प्रतिशत कर लगाउने बताएको छ। यसबाट भारतीय व्यापारीहरू असन्तुष्ट बनेका छन् ।
भारतले अमेरिकामा ठूलो परिमाणमा कपडा, औषधिजन्य सामग्री, विद्युतीय उपकरण तथा समुद्री खाद्य पदार्थ निर्यात गर्दै आएको छ। अमेरिकी करका कारण यी वस्तुको निर्यात प्रभावित हुन सक्ने सीटीआईको भनाइ छ ।
गोयलका अनुसार व्यापारीहरूले यसअघि नै प्राप्त गरिसकेका अर्डर र अमेरिकातर्फ पठाइसकिएका सामानको अवस्थाबारे समेत चिन्ता व्यक्त गरेका छन् ।
यस विषयमा सीटीआईले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्ने तयारी गरेको छ । संगठनले अमेरिकाले भारतीय उत्पादनमा कर लगाए भारतले पनि अमेरिकी उत्पादनमाथि जवाफी कर लगाउनुपर्ने माग गरेको छ ।
भारतले जवाफी कर लगाए अमेरिकी सामान भारतीय बजारमा महँगो हुने र त्यसले अमेरिकी व्यापारीहरूलाई आफ्नै सरकारमाथि दबाब दिन बाध्य पार्ने गोयलको भनाइ छ ।
यसैबीच, अमेरिकी कांग्रेसकी सदस्य ग्रेस मेङले आगामी वर्ष डेमोक्रेटिक पार्टीले अमेरिकी कांग्रेसमा नियन्त्रण हासिल गरेपछि यी कर हटाउन आवश्यक कदम चालिने बताएकी छन् ।







