गृहपृष्ठ Featured बाणगंगा नगरपालिका वडा नः २ मा चुरा बनाउने तालिम सम्पन्न

बाणगंगा नगरपालिका वडा नः २ मा चुरा बनाउने तालिम सम्पन्न

बाणगंगा नगरपालिका वडा न। २मा चुरा बनाउने तालिमको एक कार्यक्रमका विच समापन गरिएको छ । मंसिर २२ गते बाट सुरु भएको तालिमको आईतवार समापन गरिएको हो ।

समापन कार्यक्रमा बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बोल्दै वडाले महिलाहरु लाई सिपमुलक तालिम प्रदान गरेर स्वरोज गराउने प्रयास निकै उदारणीय भएको बताएका छन । उद्यमका क्षेत्रमा नगरलाई बलियो बनाउन सके समृृद्ध नगर निमार्णमा सहयोग पुुग्ने उनले बताए ।

सोहि कार्यक्रमा वडा २का अध्यक्ष बिष्णु प्रसाद पौडेल कार्यपालिका सदस्य टिकाकुमारी अधिकारि , टोल विकास संस्थाका अध्यक्ष अमर बहादुर रेश्मी ,पत्रकार अशोक पौडेल ,प्रशिक्षक सुनिता थारु लगाएतले आआफ्नो धारण राखेका थिए । तालिममा तिस जनाको सहभागिता रहेको थियो । कार्यक्रम वडाको आफ्नै सभाहलमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार