भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि जिल्ला पर्यटन समिती बर्दघाट सुस्ता पश्चिम नवलपरासीले आज शुक्रबार परासीमा जिल्ला स्तरीय सांस्कृतिक पर्यटन प्रवद्र्धन समुह गठन गरेको छ । जिल्ला पर्यटन समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीका अध्यक्ष शिवशंकर रायको अध्यक्षतामा बसेको बैठकले अशोक श्रेष्ठको संयोजकमा १५ सदस्यिय जिल्ला स्तरीय सास्कृतिक पर्यटन प्रबद्र्धन समुह गठन गरेको हो ।

जसको उपसंयोजकमा भरत क्षेत्री , सदस्यहरुमा पुष्पा लामा , पवन र्माैर्य, चन्द्रमणी चौधरी , कृष्ण नेपाली , राजकुमार श्रेष्ठ , कृष्ण पाण्डे , राकेश गुरुंग , अमृता गैरे , दिपु परियार , पुजा सुनारी मगर , कृष्ण प्रसाद पाण्डे लगायत रहनु भएको छ ।








