गृहपृष्ठ Featured कपिलबस्तुमा सुर्तीजन्य पदार्थ खाएर आउने सेवाग्राहीलाई सरकारी कार्यालयमा  प्रतिबन्ध

कपिलबस्तुमा सुर्तीजन्य पदार्थ खाएर आउने सेवाग्राहीलाई सरकारी कार्यालयमा  प्रतिबन्ध

कपिलबस्तु जिल्ला प्रशासन कार्यालयले सुर्तीजन्य पदार्थ खाएर आउने सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

स्वस्छ, सफा र राम्रो वातावरण बनाउने नीति अनुरुप कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ सेवनगर्न रोक लगाईएको छ । यस्तो काम नगर्न कार्यालयका परिसरमा सूचना टास गरिएको छ । सूचनाको खिलाप कामगर्नेलाई कारवाही गरिने प्रशासकीय अधिकृत मनोज शैनीले बताए।

जिल्लाका विभिन्न कार्यालयहरुमा कार्यालय भित्र कर्मचारी र सेवाग्राहीले पान, गुट्का र सूर्ति खाएर जथाभावीथुक्ने र फोहर गर्ने हुदादुर्गन्ध बढेको छ । अन्य कार्यालयमा सूर्तिज्नय पदार्थ सेवन गरेर आउने सेवाग्राहीलाई सचेत गरि सरसफाईको अभियान चलाउन निर्देशन दिएको उनले बताए ।

सम्बन्धित् समाचार