प्रदेश सांसद विष्णु पन्थीकी श्रिमति अनुपमा पन्थीले असि जना वटुकहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकि छन ।४२ औं जन्मदिनको अवसर पारेर उनले बाणगंगा वडा न.२को मनकामना सस्कृत विद्यापिठका वटुकहरु लाई खाना खुवाएकि हुन । जन्मोत्सव मनाउँने पश्चिमेली संस्कृति भित्रीरहेका बेला एक नयाँ अनि सकारात्मक उदाहरणका लागि उनले यसरि जन्मदिन मनाएकि हुन ।
विदेशी फिल्म र टेलिसिरियलहरुमा देखाइने जन्मदिन मनाउने प्रचलनलाई नेपाली समाजले स्वाट्टै कपि गर्दा अध्यारोबाट उज्यालोतर्फ अघि बढ भन्ने मुल सन्देश बोकेको संस्कृति हुँदाहुँदै पनि त्यसको ठिक उल्टो उज्यालोबाट अध्यारो तर्फको बाटो हिँड्न खोजेको देखिन्छ । पछिल्लो समय युवा युवतिहरुले जन्मोत्सव मनाउने तरिकामा केहि फरकपन आएको छ । पश्चिमी संस्कृतिलाई अगांलेर जन्मोत्सवमा विभिन्न रेष्टुरेण्ट, होटल तथा पार्टी प्यालेसमा गई खानपान तथा रमाईलोमा अत्याधिक पैसा खर्च गर्ने प्रवृत्ति पनि नभएको होईन ।

जन्मोत्सव आउन भन्दा केहि समय अगाडि तयारी धेरै मानिस जम्मा गरि मदिरा सेवन गरि टोल नै थर्काउने गरि नाँचगान गर्ने चलन पनि नभएको होईन । अहिले हाम्रो समाजमा जन्मदिन मनाउने भने पछि खानपान र रमाईलो भन्ने बुझिन्छ ।
तर केहि युवा युवतिहरुले पश्चिमेली संस्कृतिको अन्त्य गरी समाजमा सकारात्मक सन्देश फैलने खालका उदाहरणिय कामहरु पनि गरेका छन् । सोहि क्रममाप्रदेश सांसद विष्णु पन्थीकी श्रिमति अनुपमा पन्थीले असि वटुकहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकि हुन ।
उनले ४२ औँ जन्मोत्सवको अवसरमा मनकामना सस्कृत विद्यापिठका वटुकहरु लाई खाना खुवाएर सहयोग पु¥याएकी छन् । मनकामना सस्कृत विद्यापिठका ८० जना वटुकहरुलाई सहज होस् भन्ने उद्देश्यले उनले विद्यापिठमा गएर खाना खुवाएकि हुन् । उनले आफ्नो सानो सहयोगले वालवालिकाहरुको अध्ययनमा सहज होस् र जन्मोत्सव मनाउने क्रममा भित्रीएको विकृति अन्त्य गर्ने उद्देश्यले उक्त कर्य गरेको बताईन । कार्यक्रमा प्रदेश सांसद विष्णु पन्थी ,बाणगंगा नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेल ,शिक्षक गुरुहरुको उपस्थिती रहेको थियो ।










