गृहपृष्ठ Featured सार्वजनिक सवारी साधनको क्याबिनमा चालकले भेट्ने ठाउँमा म्युजिक सिस्टम राख्न नपाइने

सार्वजनिक सवारी साधनको क्याबिनमा चालकले भेट्ने ठाउँमा म्युजिक सिस्टम राख्न नपाइने

सार्वजनिक यातायात र संगित एकअर्काका परिपूरक जस्तै बनेको छ।

लामोदेखि छोटोदुरीको सवारी साधनमा कुनै न कुनै प्रकारको संगित सुनिन्छ। नभए रेडियो त पक्का बज्छ। अझ गाडीमा बज्ने गितमा हालीमुवाली चालककै हुन्छ।सवारी साधनमा गीतको लोकप्रियता हेर्दै संगित बजाए बापत रोयल्टी तिर्नुपर्ने भन्दै संगित रोयल्टी संकलन समाजले पनि आवाज उठाईरहेकै छ।

अब भने चालकले भेट्ने ठाउँमा म्युजिक सिस्टम नै राख्न नपाइने भएको छ।यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको क्याबिनमा म्युजिक सिस्टम नराख्ने र राखेको भएपनि हटाउने निर्देशनदिएको हो।

क्याविनमा म्युजिक सिस्टम अपरेट गर्दा चालकको ध्यान भङ्ग भएर दुर्घटनाको सम्भावना बढेकोले यो नियम लागू गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।

‘गाडीको पछाडि म्यूजिक सिस्टम राख्न पाइयो तर चालकले अपरेट गर्न मिल्ने ठाउँमा राख्न पाइएन,’ उनले भने।

विभागले ट्राफिक कार्यालय र सम्बन्धित यातायात कार्यालयमा यसबारे चिठ्ठी समेत पठाईसकेको हमालले जानकारी दिए।

सम्बन्धित् समाचार