नेपाल तरुण दल जिल्ला कार्यसमिति कपिलवस्तु र नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर १ कपिलवस्तु द्धारा वाणगंगा नगरपालिका भित्रका अति विपन्न तथा गरिब परिवारलाई टोल टोलमा न्यानो कपडा अर्थात सिरक बाढ्ने अभियान सोम्बारबाट सुरु गरेको छ ।

न्यानो कपडा वितरण कार्यक्रममा नेपाल तरुण दल जिल्ला सभापति शक्तिसिंह ठकुरी र नेवि संघ क्षेत्र नं १का सभापति चन्द्रकान्त पोख्रेलले खुला आकाश भित्र बस्ने हरेक मानिस गरिवीका कारण जाडोबाट कठङग्रिन नपरोस भनेर कपडा वितरणमा गरेको बताउदै समाज रुपान्तरणमा आफुहरु लागि परेको बताए । करुण टन्डन नेपाली जनसम्पर्क समाज बहराईनको सहयोग रहेको थियो । माघको यो चिसो सिरेटोमा तरुण दल कपिलवस्तु र नेविसंघले गरेको यो सह्राहनीय कार्यको प्रशंसा गर्दै विपन्न तथा गरिब परिवार खुसी भएका छन् ।
वितरण कार्यक्रममा नेपाली काङग्रेस वडा ९ का माहासमिति सदस्य हरिराज घिमिरे, नेपाली काङग्रेसका वडा सभापति दिपक थापा, नेपाली काङग्रेसका जिल्ला सदस्य,देवेन्द्र कुमार रायमाजि,नेपाली काङग्रेसका क्षेत्रिय सचिव प्रेम नारण पौडेल,नेपाली काङग्रेस वडा नम्बर ९ का वडा सचिव चुरामणि अर्याल,वडा सह उप सभापति दिनमणि आचार्य,नेविसंघ सिद्र्धाथ क्याम्पस एकाई सभापति दिनेश क्षेत्री,वडा नम्बर ७ का सभापति तेज प्रसाद पछाई, वडा नम्बर ६ का सभापति रामकिशुन थारु,क्षेत्रिय सभापति तिलक थापा, नगर सचिव तरुण दल पविन पौडेल, नेविसंघ सिद्र्धाथ क्याम्पस स्ववियु सदस्य हरि ढुङगाना,ु नेपाल विद्यार्थी संघ कपिलवस्तुका नेता टिआर पाण्डे, नेपाली काङग्रेसका नेता गुरुदेव पौडेल, हेमन्त गिरि, कल्याण टण्डन,शुशिल भुषाल,महिला नेत्रि अरुणा क्षेत्री लगायतको उपस्थित रहेको थियो ।

सामाजिक कार्यका लागि हाम्रो अभियान भन्ने मूल नारालाई आत्मसात गदै सोमवार वाणगंगा नगरका १,२,३,१० र ११ का प्रत्येक टोलमा पुगी वितरण गरेको थियो भने आज मगंलवार वडा नम्वर ६,७,९ मा करिव ३०० भन्दा बढि घरपरिवारलाई सिरक डसिना वितरण गरेको हो ।








