गृहपृष्ठ Featured वाणगंगा सामुदायिक पुस्तकालयमा सरस्वती पुजाको अवसरमा विभिन्न साहित्यिक कार्यक्रम

वाणगंगा सामुदायिक पुस्तकालयमा सरस्वती पुजाको अवसरमा विभिन्न साहित्यिक कार्यक्रम

वाणगंगा सामुदायिक पुस्तकालय कपिलवस्तुले चौथो वार्षिकोत्सव तथा सरस्वती पुजाको अवसरमा पारी तेस्रो वार्षिक साधारण सभा एवम् ७९ औँ सहिद दिवस, कृति विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा अध्यक्ष दिलिप कार्कीले आर्थिक बर्ष २०७५÷७६ को वार्षिक निती तथा कार्यक्रम, सचिव धर्मराज घिमिरेले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा बरिष्ठ साहित्यकार अर्जुन शरबाट रचित विवश दिवस कृतिको विमोचन भएको थियो भने उक्त पुस्तकको समिक्षा सिद्धार्थ क्याम्पसका नेपाली भाषा तथा शिक्षक विभाग प्रमुख उपप्रध्यापक दिलु श्रेष्ठले गरेका थिए । त्यस्तै वाल कवि हृदेश कंडेल, वाल कवयत्री जोशिका कंडेल (निशा), करिष्ठ कवि अजुर्न शर, बुद्धिसागर बेल्बासे, टंक आचार्य, वली महमद मुसलवान लगायतका साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रममा ऋषिकेशव भारद्धाज, शिक्षाविद वालाराम ज्ञवाली, सुनचाँदी व्यबसायी संघ कपिलवस्तुका अध्यक्ष दिल बहादुर खाँती, कमल चुँदाली, राजेन्द्र बिक्रम शाह लगायतको उपस्थिती रहेको थियो । प्रमुख अतिथि लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष हरि राज शर्माले पुस्तकालयको स्थापना तथा यसले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । उनले संस्थाले यस क्षेत्रका साहित्यकाहरुलाई उनीहरुको क्षमता प्रस्तुत गर्ने अवसर दिएकोमा धन्यवाद दिदै वाणगंगा सामुदायिक पुस्तकालयको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे ।

संस्थाका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता, वडा नं. १ का वडाअध्यक्ष वाल कुमारी पन्त अधिकारी, विष्णु घर्ती भनभनेली, हर्टविट एफ एमका सञ्चालक धातानन्द भुसाललगायतको विशिष्ट आतिथ्यता, साहित्यकार, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रम संस्थाका उपाध्यक्ष दोलख बहादुर पछाईंको स्वागत मन्तब्य तथा सचिव धर्मराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको छ ।

सम्बन्धित् समाचार