गृहपृष्ठ Featured हिलबर्टको ११ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

हिलबर्टको ११ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

कपिलवस्तु जिल्लाकै पहिलो ‘क’ वर्गमा पर्न सफल शैक्षिक प्रतिष्ठान हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुलको ११ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद विष्णु पन्थीले एक दशकको समयमानै यसरि जिल्लामै पहिचान बनाउँन सफल भएको भन्दै अभिभावकहरुलाई ढुक्क हुन आग्रह गरेका छन् । प्रमुख अतिथि समेत रहेका सांसद पन्थीले निजी क्षेत्रका विभिन्न संघ, संस्थाहरुका लागि राज्यले निति मात्र परिवर्तन गरेकाले यसमा लगानिकर्ता आत्तिहाल्नु पर्ने अवस्था नआएको बताए । सांसद पन्थीले वालवालिकाहरुको व्यक्तित्व विकासका लागि हुनुपर्ने सबै ब्यबस्था हिलबर्टले सुनिश्चित गरेको भन्दै विद्यालयका वालवालिकाहरुको भविष्य उज्जवल हुने विश्वास व्यक्त गरे । उनले हिलबर्ट अब जिल्लामै मात्र नभई प्रदेश तथा देशमै एक उत्कृष्ट विद्यालय बन्नेका लागि आफ्नो सहयोग तथा पहल सदैव ररिहने प्रतिवद्धता जनाए । पन्थीले देश शैक्षिक अवस्थामा धेरै अगाडि बढिसकेको भन्दै कपिलवस्तुमा पनि अन्य विभिन्न विकासका कार्यहरु भईरहको पनि जानकारी गराए ।

वाणगंगा नगरका नगर प्रवक्ता तथा वडा नं. २ का वडाअध्यक्ष विष्णु पौडेलले हिलबर्ट वडा तथा नगरको पहिचान भएको औँल्याउदै आफुले सक्दो सहयोग गर्ने बताए । उनले उक्त विद्यालयका सम्पुर्ण वालवालिकाको अभिभावक आफु भएकोले विद्यालयको विकासका लागि आफु प्रतिवद्ध रहेको बताए ।

त्यस्तै प्याब्सन कपिलवस्तुका अध्यक्ष शिव गैरेले विद्यालयका शैक्षिक क्रियाकलाप तथा वालवालिकाका प्रतिभा अवलोकन गर्दा आफु कहाँ छु भन्ने समेत थाहा नहुने महशुस भएको बताए । उनले अभिभावकहरुको बोली व्यबहारबाट नै स–साना वालवालिकाहरुको मष्तिष्कमा ८३ प्रतिशत प्रभाव पर्ने भएकोले हरेक क्रियाकलापहरुमा ध्यान दिन अभिभावकलाई आग्रह गरे ।

विद्यालयका अध्यक्ष दिपक खनालले सम्पुर्ण शैक्षिक व्यक्ति, अभिभावक, जनप्रतिनिधी तथा विद्यार्थीहरुको साथ र सहयोगबाटनै विद्यालय यो स्थान सम्म आईपुगेको भन्दै सहयोगी हातहरुलाई आभार प्रकट गरे । उनले विद्यालमा सिकाईमा आधारित अध्यापन गराईएको बताए । विद्यालयका प्रधानाध्यापक कमल पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको समग्र अवस्थाको बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रममा विद्यालयका वालवालिकाहरुको अतिरिक्त क्षमतामा विकास होस् भन्ने उद्देश्यले सम्पुर्ण वालवालिकाहरुले विभिन्न मनोरञ्जनात्मक प्रस्तुत गरी कार्यक्रममा थप रौनकता बढाएका थिए ।

विद्यालयका अध्यक्ष खनालको अध्यक्षता, विभिन्न राजनतिक दल, विद्यालय, संघ संस्थाका प्रतिनिधि, जन प्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रम शिक्षक दिलिप राज पाण्डे र तेजप्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार