गृहपृष्ठ खबर शितगंगा -१३ को वडा कार्यालय बनाउने बिषयमा एकलौटी निर्णय, ने.क.पा.को नगर कार्यलयमा ज्ञापन पत्र पेश ।।

शितगंगा -१३ को वडा कार्यालय बनाउने बिषयमा एकलौटी निर्णय, ने.क.पा.को नगर कार्यलयमा ज्ञापन पत्र पेश ।।

वडा कार्यलय निर्माण संर्घष समिति शितगंगा नगरपालिका वडा नम्बर १३ ले वडा कार्यलय बनाउने विषयलाई लिएर ने.क.पा.को नगर कार्यलयमा ज्ञापन पत्र पेश गरेको छ । वडा नम्बर १३ को वडा कार्यलय कहाँ बनाउने भन्ने विषयमा तीव्र विवाद हुदाँ हुदै पनि केही नेता र व्यापारीको स्वार्थका निम्ति एकलौटी निर्णय गरीएको बताईएको छ । निर्णयमा सबै वडावासीका लागी पायक नपर्ने ठाउँ छेंडामा वडा कार्यलय बनाउने भनि निर्णय गरीए संगै वडावासीले तीव्र विरोध जनाईरहेका छन् ।

 

सबै वडावासीलाई पायक पर्ने ठाउँ देउरालीमा वडा कार्यलय बनाउनुपर्र्ने वडावासीको माग छ । देउराली भौगोलिक दृष्टिकोणले पनि सबै वडावासीका लागी उपयुक्त ठाउँ हुने भएकाले देउरालीमा नै वडा कार्यलय बनाएर वडावासीको माग पुरा गर्नुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।


कसैको एक पक्षीय निर्णयले सम्पुर्ण नेकपा समर्थकको भावनामा ठेस पुगेको बताईउको छ । देउरालीलाई ओझेलमा पार्न खोजिएको वडावासीको गुनासो रहदंै आएको छ । शितगंगा नगरपालिका वडा नम्बर १३ को पार्टी कमिटीले साविकको सिमलपानी गाविस वडा नम्वर ७,८ र ९ का बस्तीसंग कुनै पनि सरसल्लाह र समन्वय नगरी वडा कार्यलय बनाउने ठोस निर्णय गरेको प्रति सम्पुर्ण वडावासीको धोर आपत्ति रहेको प्रस्तुत ज्ञापन पत्रमा भनिएको छ ।

सम्बन्धित् समाचार