गृहपृष्ठ Featured बुद्धभूमिको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३६ करोड ५२ लाखको बजेट पारित

बुद्धभूमिको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३६ करोड ५२ लाखको बजेट पारित

वैखरी अनलाइन, कपिलवस्तु ।
बुद्धभुमि नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पर्यटन विकाससहित बार्षिक नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । सो अवसरमा नगर प्रमुख केशव कुमार श्रेष्ठले “खुसी नगरबासीः समृद्ध बुद्धभूमि” भन्ने मूल नारासहित उहाले गुणस्तीय शिक्षा र आधारभुत स्वास्थ्य सुबिधा सुनिश्तिताकालागि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताउनुभयो । उहाले नगरको गौरव योजना तथा अधुरा योजनालाई प्राथमिकताकासाथ अघि बढाईने बताउनुभयो । टिक्कर बु्ढढी बिजगौरी सडकलाई यसै बषं संपन्न गर्ने वैदेशिक रोजगारीमा रहेका युवा तथा तिनका परिवारलाई लक्षित गरी “सामी र के हामी” कार्यक्रममार्फत सीप, परामर्श तथा सहयोग उपलब्ध गराइने बताउनुभयो ।

बजारको मागअनुसार सूचना तथा सञ्चार प्रविधिमा आधारित तालिम सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारी तथा आम्दानीको अवसर सिर्जना गर्ने नीति लिइएको छ । कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्न मासिक रूपमा कृषिबाली तथा पशु स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरिने, माटोको गुणस्तर सुधारका लागि प्राङ्गारिक तथा कम्पोस्ट मल प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने तथा कृषि प्रविधिको अधिकतम उपयोग गरिने जनाइएको छ । नगरपालिकाले राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई सहज बनाउन आवश्यक सेवा कार्यालय स्थापना तथा सञ्चालन गर्ने नीति पनि अघि सारेको छ । साथै अपांता भएका व्यक्ति, अति अशक्त बिरामी तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइने कार्यक्रम समेटिएको छ ।

नीति तथा कार्यक्रमले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सुशासन तथा नागरिकमैत्री सेवा प्रवाहमार्फत समृद्ध बुद्धभूमि निर्माणको लक्ष्यलाई अघि बढाएको नगरपालिकाले जनाएको छ । पालिकाले आगामी आर्थिक बर्षकालागि १ अर्ब ३६ करोड ५२ लाख ३६ हजारको बजेट सर्वसम्ममत पारित गरिएको प्रवक्ता तेज बहादुर बस्नेत तिलकले वैखरी अनलाइनलाई बताउनु भयो ।

 

 

सम्बन्धित् समाचार