गृहपृष्ठ खबर कपिलवस्तुमा मोवाइल चार्जमा राखी कुरा गर्दा करेन्ट लागी मृत्यु

कपिलवस्तुमा मोवाइल चार्जमा राखी कुरा गर्दा करेन्ट लागी मृत्यु

मोवाइल चार्जमा राखी  कुरा गर्दा करेन्ट लागेर कपिलवस्तुमा एक जनाको ज्यान गएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ मा रहेको नेपाल फेवरिक इन्ड्रीजका कामदार अखलेश पासवानको मोवाइल चार्जमा लगाइ फोन गर्दा करेन्ट लागी मृत्यु भएको हो । बिहिबार बेलुका काम सकेर ८ बजेको समयमा आफनो कोठामा करेन्ट लागी ढलेको अवस्थामा उनलाई भेटेपछि कपिलवस्तु सामुदायिक अस्पताल ल्याइएको थियो । सामुदायिक अस्पतालबाट रिफर गरेपछि बुुटवल लुम्बिनि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार