कारोना भाइरस रोकथामका लागि औषधि र आवश्यक मेडिकल सामग्री लिएर गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।
विहान ११ बजेर ३२ मिनट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो ।
तर, विमानमा रहेका सबै ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटनामा परेको छ । विमान दुर्घटनाबारे थप जानकारी भने आउन बाँकी रहेको छ ।








