गृहपृष्ठ Featured लकडाउनको समयमा विपन्न परिवारहरुलाई सहयोग गर्ने बाणगंगा नगरपालिकाको निर्णय

लकडाउनको समयमा विपन्न परिवारहरुलाई सहयोग गर्ने बाणगंगा नगरपालिकाको निर्णय

 

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले घोषणा गरेको लकडाउनको समयमा वाणगंगा नगरपालिकाले अति विपन्न तथा गरिब परिवारहरुलाई एकद्धार प्रणालीबाट सहयोग गर्ने निर्णय गरेको छ । आईतवार बसेको बाणगंगा नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारि दिए ।

नगरकार्यपालिकाको बैठकले लकडाउनको अवस्थामा गरिव, विपन्न, छाक टार्नै गाह्रो भएका परिवारलाई व्यक्तिगत भन्दा सबै मिलेर एकद्धार प्रणालिबाट सहयोग गर्न सबैलाई अनुरोध गरिएको नगरपालिका बाट उल्लेखित सुचनामा भनिएको छ ।

नगरपालिकामा विपद व्यवस्थापनका लागि वितरण गरिने नगद तथा सामाग्रीहरुका लागि ईच्छुक संघ संस्था वा व्यक्तिहरुले नगद नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक जितपुर शाखाको दैविक प्रकोप कोष खाता  नं. ३५३००००५८००१ मा जम्मा गर्न र खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री र स्वास्थ्य सम्बन्धि सामग्रीहरु भने नगरपालिकाको कार्यालय मार्फत सहयोग गर्नका लागि नगरपालिकाले सबैलाई अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार