गृहपृष्ठ खबर बाणगंगाको पिपराबाट बुटवल पठाइएका बिरामीको अवस्था सामान्य

बाणगंगाको पिपराबाट बुटवल पठाइएका बिरामीको अवस्था सामान्य

कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएको भन्दै कपिलवस्तुको पिपरा अस्पताल बाट बुटवल रिफर गरिएका बिरामीको अवस्था सामान्य रहेको छ ।

कोरोना सम्भावित भनिएका बिरामीलाई हिजो अर्थात् चैत्र १७ गते पिपरा अस्पतालबाट थप उपचारका निमित्त बुटवल प्रादेशिक अस्पताल रिफर गरिएको थियो । बाणगंगा नगर स्वास्थ प्रमुख ठगराज पौडेलका अनुसार : शंकास्पद भनिएका बिरामी बुटवलमा औषधी नगरी मामाघरमा जाने भन्दै हस्पिटलबाट निस्किएको र आज बिहान पिपरा अस्पतालको सम्पर्कमा आएलगत्तै बाणगंगा नगरपालिका र पिपरा हस्पिटलको समन्वयमा एम्बुलेन्स मार्फत बुटवल पुर्याइएको थियो । पिपरा अस्पतालका प्राविधिक कुल पन्थीको निगरानीमा बुटवलमा स्वास्थ्य परीक्षण गरी अवस्था सामान्य रहेको भन्दै बिरामीलाई रिफर गरिएको छ।

हाल बिरामीलाई बाणगंगा नगरपालिका वडा नम्बर ३ राजापानीमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको नगर प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।

नगरबासीको स्वास्थ्यप्रति नगरपालिका पूर्ण रूपमा जिम्मेवार र सचेत रहेको भन्दै अनावश्यक हो-हल्लाप्रति सचेत रहन बाणगंगा नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालले आग्रह समेत गर्नुभएको छ ।

अवस्था सामान्य हुँदा हुँदै पनि पिपरा अस्पतालले के-कति कारणले बिरामीलाई बुटवल रिफर गर्यो भन्ने विषयमा जानकारी प्राप्त हुन सकेको छैन ।

सम्बन्धित् समाचार