जापानको राजधानी टोकियोतर्फ अघि बढ्दै गरेको शक्तिशाली आँधीका कारण रेकर्ड नै तोड्ने भारी वर्षा हुने अनुमान गरिएको छ।
डुजुआन आँधी १३० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढिरहेको छ। यसले टोकाई क्षेत्रमा ३५० मिलिमिटरसम्म वर्षा गराउन सक्छ।
आँधीले गर्न सक्ने क्षतिलाई ध्यान दिँदै जापानका पाँच प्राथमिक प्रशासनिक डिभिजनमा रहेका १६ लाख मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ।
कानागावामा पहिरोले घर पुरिएपछि अग्नि नियन्त्रकहरूले भग्नावशेषमुनि एक महिला जिउँदै गाडिएको हुन सक्ने डर व्यक्त गरेका छन्।
आँधीको त्रासले ३०० उडानहरू रद्द गरिएको छ। केही रेल सेवा स्थगन गरिएका छन्।






