गृहपृष्ठ खबर कपिलवस्तुमा ३ सय ९४ जनाको र्‍यापिड टेस्टबाट कोरोना परिक्षण गरियो, सबैको रिपोर्ट नेगेटिभ

कपिलवस्तुमा ३ सय ९४ जनाको र्‍यापिड टेस्टबाट कोरोना परिक्षण गरियो, सबैको रिपोर्ट नेगेटिभ

कपिलवस्तुमा (कोभिड ज्ञढ ) कोरोनाको र्यापिड टेस्ट अन्र्गत कपिलवस्तुमा चार दिनमा ३ सय ९४ जनाको र्यापिड टेस्ट भएको छ । गत शनिवारबाट टेस्ट सुरु भएको थियो । शनिवार १८, आईताबार १ सय १५ र सामेवार १ सय २४ तथा मंगलवार १ सय ३७ जनाको जनाको टेस्ट भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । अहिले सम्म बिजयनगर गाउपालिकाा १ सय ४२ , महराजगंजनगरपालिकामा ७० सुद्धोदन गाउपालिकामा ४६ , मायादेबी गाउपालिकामा ५६ कृष्णनगर नगरपालिकामा ३४ शिवराज नगरपालिकामा ३० जनाको टेस्ट भएको छ । यस्तै कपिलवस्तु नगरपालिकामा १२ यशोधरा गाउपालिकामा ३ र बाणगंगा नगरपालिकामा ४ जनाको टेस्ट भईसकेको छ । प्रमुख भगले टेस्ट भएका सबै जनाको रिपार्ट नेगेटिभ आएको बताए ।

क्वारेन्टाईनमा १४ दिन बसेकोहरुको टेस्ट भएको उनले बताए । प्रदेश नम्बर ५ सरकारको स्वास्थ्य निेर्देशनालयले सात सय थान कोभिड डाईग्नोटीस्ट टेस्ट किड जिल्लामा पठाएको थियो । शुक्रmवार टेस्टकालागि जिल्लाका २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिईएको थियो । एक जना पालिकाबा २ जना कर्मचारी गरी १० पालिकाबाट २० जना खटिएका छन । मगलवार साझ सम्म कोही पनि कोरोना संक्रमित भेटिएका छैनन । साझ सम्म १० पालिकाले तयार गरेको एक हजार १२ क्वारेन्टाईन बेडमा ८ सय ९४ जना रहेका्ेमा ६ सय ६ डिस्चार्ज भई हाल २ सय ९४ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए

सम्बन्धित् समाचार