गृहपृष्ठ खबर सीमा नाका अनिश्चितकालका लागि बन्द,विदेशबाट आएकालाई लुकाई राखेमा कडा कारबाही गरिने

सीमा नाका अनिश्चितकालका लागि बन्द,विदेशबाट आएकालाई लुकाई राखेमा कडा कारबाही गरिने

सरकारले नेपाल भित्रने सीमा नाका बन्दलाई निरन्तरता दिएको छ । लकडाउनको समयलाई बढाएर बैसाख १५ गतेसम्म पुर्याएको सरकारले सीमा नाका पनि बन्द रहेको जनाएको छ । सीमा नाका कहिलेसम्म बन्द भन्ने विषयमा भने सरकारले निर्णय गरेको छैन, त्यसैले सीमा नाका अनिश्तिकालका लागि बन्द भएका हुन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले हवाई, र भू-मार्ग मार्ग हुने कुनै पनि आवतजावतलाई निशेष गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।

यस्तै विदेशबाट आएका जो कोहिलाई बास दिनेहरुलाई पनि कारबाही गरिने सरकारले जनाएको छ । स्थानीय प्रशासनको आँखा छलेर विदेशबाट आएकाहरुलाई लुकाएर राखेमा कानुनअनुसार कडा कारबाही हुने खतिवडाले बताउनुभयो ।

सम्बन्धित् समाचार