वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका स्थित दुई सस्थाले एम्बुलेन्स सञ्चालन गरेकै भरमा आफनै निति र नियम निमार्ण गरेका छन । जिल्लाभन्दा बाहिर जानका लागी प्रमुख जिल्ला अधिकारी –सिडिायोले ) अनुमति नदिएको भन्दै बहाना बनाएर एम्बुलेन्स काठमाण्डौ पठाउनका लागी आनाकानी गरेको पाइएको हो ।
कपिलवस्तु जिल्ला स्थित कपिलवस्तु जेसिज र शान्ती सृजना युवा क्लव नामक याी दूई सस्थाले सिडियोको आदेशमा जिल्ला भन्दा बाहिर जान नपाइने भन्दै यी दुई सस्थाले सिडियोलाई दोष देखाउदै बिरामीलाई काठमाण्डौ लैजान अस्वीकार गरेका हुन । चार नः जितपुर स्थित राधा अधिकारी बिगत दुई हप्ताबाट बिरामी रहेको र हाल आएर ढाडको शल्यक्रिया गर्न काठमाण्डौ जानै पर्ने भएकाले एम्बुलेन्सको लागी सम्पर्क गर्दा यी दुई सस्था बढिमा बुटवलसम्म जानका लागी मात्र सिडियोले अनुमति दिएको भन्दै आलटाल गरेकाले पिडित परिवारै अहिले चिन्तिीत भई जिल्ला बाहिरबाट एम्बुलेन्सको ब्यवस्था गरी पठाउने तयारी गरीएको अभिभावक लक्ष्मण अधिकारीले बैखरी अनलाइनलाई बताए ।
यी दुवै सस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई सम्पर्क गर्दा जिल्ला भन्दा बाहिर जान नमिल्ने बताएको आशयको अडियो क्लीप वैखरी अनलाइनको डेस्कको सुरक्षित रहेको छ । यस बिषयमा प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलसगं बुझ्दा यी दुई सस्थाको बारेमा आफुलाई सम्पर्कनै नगरी यसरी कु प्रचार गरेको पाइएकाले कानुनत प्रक्रियामा गई कारबाही प्रक्रिया अगाडी बढाउने बताए ।








