कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ ले वडामा रहेका अति विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण गर्ने तयारीका लागि सर्वदलीय बैठक सम्पन्न गरेको छ । दैनिक मजदुरी गरि गुजारा चलाउने विपन्न घर परिवारलाई लकडाउनको समयमा छाक तार्न गाह्रो भएकोले राहत वितरण गर्ने तयारी भइरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले वडा वासीहरुको समस्यालाई मध्यनजर गरि राहत वितरण गर्ने तयारीका लागि बिहिबार खरेन्द्रपरमा सर्वदलीय कार्यक्रम गरि अध्यक्ष सापकोटाले सबैले सहाकार्य गरि अगाडी बढ्नुपर्ने बताउनुभयो ।
पहिलो चरणमा वडामा रहेकको २ सय विपन्न घर परिवारलाई गत चैत्र २४ गते नै राहत वितरण गरिएको थियो । भने अहिले दास्रो चरणमा करिब ३ सय घरपरिवारलाई राहत वितरण गर्ने तयारी भइरहेको साथै वितरण गर्ने सामाग्रीमा चामल, दाल, नुन र खाने तेल रहेको बताईएको छ ।
टेकलाल सापकोटाको संयोजकतत्वमा भएको कार्यक्रममा समाजसेवी, युवा, शिक्षक, अगुवा, संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।








