गृहपृष्ठ अन्तरास्ट्रिय खबर बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २ दर्जन नाघ्यो

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २ दर्जन नाघ्यो

बेलायतमा कोरोना भाइरस  (कोभिड -१९) को संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या २ दर्जन नाघेको छ । लण्डनस्थित नेपाली दूतावासले शनिबारसम्म २४ जना नेपालीको कोरोनाकै कारण निधन भएको पुष्टी गरेको छ । तर दूतावासको सूचीमा नरहेका आधा दर्जन अरु नेपालीको पनि कारोनाबाटै निधन भएको सम्बन्धित परिवारले बताएका छन् ।

बेलायतमा कोरोनाबाट निधन हुने अधिकांश भूतपूर्व गोर्खा छन् । दूतावासको लिस्टमा समावेश भएका दुई दर्जनमध्ये आधाभन्दा बढी भूतपूर्व गोर्खा सैनिक छन् । त्यस्तै, गोर्खा वेल्फेयर ट्रस्टले पनि अहिलेसम्म १८ जना भूतपूर्व गोर्खा सैनिकको कोरोना संक्रमणबाट निधन भएको पुष्टी गरिसकेको छ ।

अहिलेसम्म मृत्यु हुने नेपालीमध्ये एक ३२ वर्षीया र अर्की ३९ वर्षीया गरी दुई महिला छन् । मृतकमध्ये ४० देखि ५० वर्ष उमेर समूहका तीन जना छन् भने ५० देखि ६० वर्षभित्रका चार जना छन् । त्यस्तै, तीन जना ७० वर्ष भित्रका छन् । अरु सबै ७० देखि ८६ वर्षसम्मका छन् ।

बेलायतमा सयौं नेपाली कोरोनाबाट संक्रमित भएको आँकलन गरिए पनि यकिन तथ्यांक उपलब्ध छैन । एनआरएनए यूकेले संकलन गरेको तथ्यांकअनुसार शनिबारसम्ममा कोरोना संक्रमणका कारण मृत्यु हुनेबाहेक अरु ३८ जना संक्रमित नेपाली बेलायतका विभिन्न अस्पतालमा भर्ना भएका छन् । जसमध्ये २७ जना उपचारपछि घर फर्किसकेका छन् भने ११ जना अझै पनि उपचाररत छन् । कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बस्ने नेपाली पनि करिब १ सय ५० जना छन् ।

कोरोनाबाट अति प्रभावित देशमध्येको बेलायतमा रहेको नेपाली समुदायमा पनि कोरोनाको प्रभाव उच्च देखिएको छ । धेरै नेपालीहरु सम्भावित हुनुका पछि विभिन्न कारणहरु हुन सक्ने वाटर एड यूकेमा कार्यरत जनस्वास्थ्य विज्ञ डा ओमप्रसाद गौतम बताउँछन् ।

ुत्यसै पनि बेलायतमा स्थानीय श्वेत बेलायती समुदायको तुलनामा अश्वेत तथा एशिएन र अल्पसंख्यक समुदायमा संक्रमणको दर बढी पाइएको छु, डा गौतम भन्छन्, ुयहाँ बस्ने नेपालीहरुको ठूलो संख्या भूपू गोर्खा परिवारका वृद्धवृद्धा भएकाले पनि उहाँहरुमा स्वभाविक रुपमै संक्रमणको बढी जोखिम भएको हो ।

सम्बन्धित् समाचार