गृहपृष्ठ खबर भारतबाट एक महिनाअघि आएका थिए नेपालगञ्जका कोरोना संक्रमित

भारतबाट एक महिनाअघि आएका थिए नेपालगञ्जका कोरोना संक्रमित

बाँकेको नेपालगञ्जका कोरोना संक्रमित ६० वर्षका पुरुष एक महिनाअघि भारतको बहराइचबाट आएको खुलेको छ ।

उनी मदरसा र मस्जिदमा नमाज पढाउने मुस्लिम समुदायका व्यक्ति हुन् । उनी एक महिनाअघि महेन्द्र वहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा कर्णाली अञ्चलका विभिन्न जिल्लाका पाँच सयजना भन्दा बढी व्यक्तिसंगै क्वारेन्टाइनबाट बसेका थिए ।

क्वारेन्टाइनमै रहेका बेला भागाभाग गरेका मध्ये धेरैजसो कर्णाली अञ्चलका विभिन्न जिल्लातिर गए भने उनी भारतको बहराइचतिर घुम्न गएका थिए । उनी भारतबाट नेपालगञ्ज आउने जाने गरिरहेका थिए ।

उनमा कोरोना संक्रमण हुनसक्ने देखेर नेपालगञ्जमै पीसीआर जाँच गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको र रुघाखोकी केही नलागेको प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयका डा. उमाशंकर चौधरीले जानकारी दिए ।

उनीसंग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी (ट्रेसिङ) कार्य शुरु भइसकेको उनले बताए । कोरोना संक्रमित व्यक्ति गाउँ छाडेर मस्दिजमै बस्दै आएका थिए ।

सम्बन्धित् समाचार