गृहपृष्ठ खबर खाद्य सुरक्षाका बिषयमा आम नागरिक स्वयम जागरुप हुन आवश्यक

खाद्य सुरक्षाका बिषयमा आम नागरिक स्वयम जागरुप हुन आवश्यक

खाद्य सुरक्षाका बिषयमा आम नागरिक स्वयम जागरुप हुन आवश्यक रहेको एक कार्यक्रममाका सरोकारवालाले जोड दिएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुर दरखास्तमा रहेको माछापुच्छ्रे होटेलमा आयोजित उपभोतmा भेला प्रचार कार्यक्रममा बोल्ने बतmाले खाद्य सुरक्षाका लागी आम नागरिक जागरुक हुन आवश्यक रहेको बताएका हुन । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण भैरहवाको आयोजना र बाणगंगा नगरपालिका वडा नः ४ को सहकार्यमामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै वडा नः ४ का वडा अध्यक्ष तथा बरिष्ठ समाजसेवि गणेश बहादुर क्षेत्रीले खाद्य सुरक्षाका बिषयमा आम नागरिकले आवाज उठाएको खण्डमा वडा र नागरिक त्यसको नियन्त्रणमा लाग्ने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा कस्तो खाद्य उपयोग गर्ने, कुन खाद्य कहिले सम्म प्रयोग गर्ने, मिसावट खानाको प्रयोगले कस्तो असर गर्छ लगायतका बिषयमा नियन्त्रणका प्राविधिकले जानकारी गराएका थिए । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रणका बिक्रम लिम्बु, शिखर आर्चाय र गौरी मल्ले प्रशिक्षण दिएका थिए । ३० बढि सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा समाजसेवि इन्दीरा पन्त, ब्यवसायी शालिकराम भुसाल, शंकर प्रसाद न्यौपाने, पत्रकार पार्वति पाण्डे, अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार