गृहपृष्ठ Featured कपिलवस्तुका दुई संक्रमित एकै घरका दाजुभाई

कपिलवस्तुका दुई संक्रमित एकै घरका दाजुभाई

कपिलवस्तु, २६ बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिका– २ अभिरावमा भेटिएका दुई संक्रमित एकै घरका दाजुभाई भएको खुलेको छ ।नेपाल र भारत दुवै लकडाउनमा रहदा गत बैशाख २३ गते राति १० बजे उनीहरु नेपाल प्रवेश गरेका थिए । उनीहरु ७ जनाको समूहमा नेपाल प्रवेश गरेको समेत खुलेको छ ।

क्वारेन्टाइनमा राखिएका ५ मध्ये २ दाजुभाईमा कारोना भाइरस पोजिटिभ पाइएपछि आजदेखि परीक्षण कार्यलाई थप तीब्रता दिइने भएको छ ।५ जनाको समूह अभिरावमा रहेका घरमा पुगे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ५ जनाको समूहलाई १ घन्टा भित्रै स्थानीय र प्रहरीको सहयोगमा क्वारेन्टाइन पठाईएको थियो ।तर, उनीहरुसंगै नेपाल प्रवेश गरेका बाँकी दुई जना को हुन अझै पत्ता लाग्न सकेको छैन । उनीहरु दुबैको खोजी कार्य तीब्र पारिएको कपिलवस्तु प्रशासनले जनाएको छ ।

 

संक्रमित दुई दाजुभाई १६ र २२ वर्षका युवा हुन । संक्रमित दुबै जनासहित ७ जनाको समूह चाकरचौडादेखि नरकुलको बीचमा पर्ने खेतबाट सुरक्षाकर्मीलाई छलेर गत राति १० बजेतिर नेपाल छिरेका थिए ।

गत मंगलवार नै मायादेवी गाउँपालिकाको–१ स्थित छत्रपाली तीर्थादेवी उमाविमा रहेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित ६५ जनाको स्वाब संलकन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।त्यस मध्येका १२ जनाका मात्र रिपार्ट आएको छ । त्यसैमा २ संक्रमित देखिएका हुन । बाँकी ५३ जनाको रिपोर्ट आउन बाँकी छ । त्यहाँ रहेको सबै जना भारतका बिभिन्न शहरबाट फर्केकाहरु हुन् ।

कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले चोरबाटो हुँदै अभिराव पुगेका ५ जना घर र अन्य मानिससंग सम्पर्कमा आउन नपाएको प्रारम्भिक सोधपुछमा पाईएको बताउनुभयो ।घर फर्केको एक दुई घन्टा भित्रै क्वारेन्टाइनमा पुर्याईएको पनि उहाँको भनाइ छ । सो समूहमा आएका ७ जना मध्ये २ जना को हुन भन्ने बारे अझै पत्ता लागेको छैन ।

उनीहरुको समेत खोजीभइ्र्ररहेको जबराले बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले दुबै संक्रमितलाई शुक्रवार बिहान बुटबल स्थित कोरोना बिशेष अस्पतालमा एम्बुलेन्समा पाठईएको जानकार दिनुभयो ।छत्रपाली माविको क्वारेन्टाइनमा अहिले ६० जना रहेका छन् । क्वारेन्टाइनमा अबधि पूरा गरि घर पठाइएका थप ५ जना गरी ६५ जनाको स्वाबको नमूना लिइएको थियो ।

मायादेवीमा कोरोना संक्रमित भेटिए पछि प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले त्यहाँ स्वास्थ्यकर्मीको बिशेष टोली पठाउने तयारी गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेले जानकारी दिनुभयो ।यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जना र बाँकेमा २२ गरी प्रदेश नम्बर ५ मा २५ जना संक्रमित भेटिएका छन ।

सम्बन्धित् समाचार