गृहपृष्ठ Featured संक्रमित बढेपछि कपिलस्तुमा ढाई सय बेडको आईसोलेसन, २ सय बेडको क्वारेन्टाईन निर्माण गरिदै

संक्रमित बढेपछि कपिलस्तुमा ढाई सय बेडको आईसोलेसन, २ सय बेडको क्वारेन्टाईन निर्माण गरिदै

किरणमान बज्राचार्य

कोरोना संक्रमितको सख्या बढे पछि कपिलस्तुमा ढाई सय बेडको आईसुलेन सेन्टर र २ सय बेडको क्वारेन्टाइन निर्मााण गरिने बताइएको छ । जिल्लाका पाँच पालिकामा पचास पचास बेडको आईसोलेनशन सेन्टर तथा कपिलवस्तु बहुमुखी क्याम्पसमा दुई सय बेडको क्वारेन्टाईन निर्माण गरिने भएको हो ।

दुई दिन अघि प्रदेश सरकारले कपिलवस्तु बहुमुखी क्याम्पसमा ५० बेडको आईसोलन बेड निर्माण गर्ने निर्णय गरेको थियो । तर स्थानीय स्तरबाट बिरोध भए पछि अहिले त्यहा क्वारेनटाईन मात्र निर्माण गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठकमा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीको सहभागीतामा भएको बैठकले सो निर्णय गरेको हो ।

प्रजिअ दीर्घ नारायण पौडेलले संक्रमितको संख्या बढेसंगै तिनीहरुको उपचार तथा राख्न समस्या भए पछि प्रदेश सरकारको समन्वयमा सो निर्णय गरिन लागेको बताए । मायोदेबी गाउपालिका – १ पकडी स्थित फैजल अहमदको निर्माणधीन निजी अस्पताल, सोही पालिकोे वडा नम्बर ३ फुलिका स्थित सार्वजनिक घर , कपिलवस्तु नगरपालिका– ३ स्थित महिला तथा बालबालिका कार्यालयको भवन, शिवराज नगरपालिको नलकुप सिंचाई भवन, बिजयनगर गाउपालिकाको आयुर्बेद भवनमा पचास पचास बेडको आईसुलने सेन्टर निर्माण गरिेने छ ।

कपिलवस्तु नगरपालिका– ३ स्थित महिला तथा बालबालिका कार्यालयको भवनमा अहिले नगरपालिकासंग संझौता गरी लिडो नामक संस्था बसेको छ । सो संस्थासंग संझौता तोडेर आईसोलन सेन्टर निर्माण गर्नै निर्णय भएको प्रजिअ पौडेलले बताए ।

काठमाण्डौमा रहेका संस्थाका अध्यक्ष तथा सांसद अतहर कमालले लकडाउनको समयमा बिना जानकारी एक तर्फी रुपमा संझौता तोडने निर्णय दुःखद रहेको बताए । मन्त्री केसीले आईसोलेनशन सेन्टर र कोरेन्टाईन निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताए । राष्ट्रिय बिपदको बेला सबैले आ– आफनो स्थानबाट सहयोग गर्नु पर्ने उनले बताए । जिल्लाका १० पालिकामा संचालन गरिएको ६ हजार ८७५ बेडमा ६ हजार ७८७ जना रहेको प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा ४३ जा संक्रमति भेटिएका छन ।

सम्बन्धित् समाचार