
प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको छ ।सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे।
तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना गरे ।त्यसपछि उनलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ । प्रतिनिधि सभाको बैठकमा उभिएर नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइरहनुभएका उहाँलाई गाह्रो भएपछि बसेर जवाफ दिन थाल्नुभएको हो । उहाँको केही समयअघि मृगौला प्रत्यारोपण भएको थियो ।








