जेठ ६
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका बैकं तथा बित्तिय सस्था नगरले गरेको पुर्व निर्णय बमोजिम भोली देखी खुल्ने भएका छन l नगर उप-प्रमुख चक्रपाणी अर्यालका अनुसार सामाजिक दुरी कायम गर्दै भोली देखी हप्तामा दुई दिन बैंक तथा बित्तिय संस्थाहरू सन्चालन गर्ने अनुमती प्रदान गरिएको हो अब अर्को निर्णय नभए सम्म बाणगंगा नगरका बैंक र बित्तिय संस्था आइतबार र बुधबार मात्र खुल्ने भएका छन ।
कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या बड्दै गए पछी जिल्ला प्रशासन कार्यालयले कपिलवस्तु जिल्ला शिल गरेको छ l जिल्ला शिल भए संगै बन्द भएका जिल्लाका अन्य नगरका बैंक तथा बित्तिय संस्थालाई के कसरी सन्चालन गर्न सकिन्छ भनेर भोली जेठ ७ गते निर्णय गर्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वैखरी अनलाइन लाई जानकारी दिनु भएको छ








