वाणगंगा नगरपालिकाको आन्तरिक विपत व्यावस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकले सिमामा अलपत्र नागरिकको उद्धारमा बाणगंगा नगरपालिका निरन्तर खटिरहेको निष्र्कष निकाल्दैे सिमा नाकामा कसरी कडाई गर्ने भन्ने विषयमा थप छलफल गरेको छ ।

अहिले कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा क्वारेन्टाइनको अवस्थामा पनि नगर चनाखो भएको नगर प्रवक्ताा विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनले नगर पालिकाभित्रका क्वारेन्टाइनमा अहिले १३४ जना रहेको जानकारी दिए । सिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा ९९जना, ओदारी माविको क्वारेन्टाइनमा जना ८, कोपवामा १७ जना, बाल माविमा ३ जना वडा नं १०को क्वारेन्टाइनमा ३ जना रहेको छन् ।
यसरि क्वारेन्टाईनमा दैनिकरुपमा संख्या बढ्दै गएपछि थप पचास बेडको क्वारेन्टाईनको निमार्ण बाणगंगा वडा न. ७ को जनचेतना आधारभुत विद्यालयमा निमार्ण गर्न लागिएको नगरपालिकाले जनाएको छ । बाणगंगाको क्वारेन्टाईनमा बसेका सबैको अवस्थाअहिले सम्म सामान्य रहेको प्रवक्ताा पौडेलले वैखरीलाई बताए ।








